सी बकथ्रोन (Sea buckthorn) लाई नेपालमा डाले चुक भनिन्छ।बिश्वमा पाइने Sea buckthorn का नौ प्रजाती मध्ये नेपालको पाहाडी भागमा यसका २ प्रजाती Hippophae tibetana र Hippophae salicifolia पाईन्छ। डाले चुकमा भिटामिन सी, ए, ई, क्यारोटिन्वईड, एमिनो एसिड, ओमेगा ( 3,6,7 , 9 ), एन्टिअक्सिडेन्ट, फाटोस्टेरोलस्, टोकोफेरोलस् आदी प्रचुरमात्रामा पाईन्छ । झाडापखाला, छालाको रोग, अल्सर, मुटुरोग, क्यान्सर, दम खोकी , गिँजा पाक्ने, पिसाब नली सम्बन्धी रोग, डेङ्गु जस्ता रोगहरूमा यस्को सेवन उपयोगी हुनका साथै तन्तु पुनर्उत्पादनमा समेत उपयोगी हुन्छ।









